बैतडीमा एक जना मृत फेला

बैतडी – बैतडीको पाटनमा एकजना मृत फेला परेका छन् ।

पाटन नगरपालिका–६ का ६२ वर्षीय खडकसिंह भण्डारी मृत अवस्थामा फेला परेका हुन् ।

बुधबारदेखि हराइरहेका भण्डारी बिहीबार बिहान ९ बजेतिर सुर्नया नदीको किनार तिपडीगाड भन्ने स्थानमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

मृतक भण्डारीको शव पोष्टमार्टपछि आफन्तले बुझिसकेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्