बैतडी– बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले स्थानीय जगदीश धामीलाई गाली गरेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । अध्यक्ष धामीले स्थानीय जगदीश धामीलाई फोनमार्फत तथानाम गाली गरेका हुन् । फोनमार्फत अध्यक्ष धामीले गालीगलौज तथा धामदम्की दिएको भन्दै पीडित जगदीशले जिल्ला अदालत बैतडीमा मुद्दा समेत दर्ता गराएका छन् ।
विगतमा समेत अध्यक्ष धामीका व्यक्तिहरुले आफुलाई कुटपीट गरी जागरीरबाट समेत हटाएको पीडित धामीको आरोप छ ।
भुवनेश्ररी माध्यमिक विद्यालय खैरकोटमा १७ बर्षदेखि कार्यलय सहयोगीको काम गर्दै आइरहेको आफुलाई कुनै जानकारी नदिई जागीरबाट हटाएको समेत पीडितको गुनासो छ ।
जिल्ला अदालत बैतडीमा अध्यक्ष धामीविरुद्ध गएको भदौ २६ गते गालीवेइज्जती सम्बन्धि मुद्दा समेत दर्ता भएको छ । विगतदेखि आफु न्यायको खोजिमा रहेको भएपनि कुनै पनि निकायबाट आफुले न्याय नपाएको उल्टै आफुलाई दुव्र्यवहार मुद्दामा गिरफ्तार गरी १७ दिन हिरासतमा राखेको पीडितको आरोप छ ।











