बैतडीमा प्रहरीबाटै गाउँमा असुरक्षा बढ्यो, डिम्मर घाटका प्रहरी कुलाउँ बस्न थाले

बैतडी- बैतडीमा प्रहरीबाटै गाउँमा असुरक्षा बढेको भन्दै चौकी सार्न माग गरिएको छ ।

जिल्लाको पञ्चेशवर गाउंपालिका वडा नम्बर २ का स्थानीयबासी र जनप्रतिनिधिहरुले प्रहरी चौकि अनत सार्न माग गरेका छन् । प्रहरी हवल्दारको घटनापछि सो गाउँमा किशोरी तथा महिलाहरुमाथी प्रहरीबाटै असुरक्षा हुनसक्ने भन्दै महाकालीचौकि अन्तै सार्न माग गरिएको हो ।

प्रहरी चौकी सार्न जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रशासनमा बुझाएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

१२ दिनसम्म प्रहरी हवल्दारले गायवपारेकि किशोरी नभेटिएपछि स्थानीय आक्रोशित बनेका छन् । स्थानीयले प्रहरी चौकी नचाहिने भन्दै आक्रोशीत भएका छन् ।

पञ्चेश्वर गाउँपालिका–२, महाकालीमा रहेको प्रहरी चौकीका प्रहरी अहिले पञ्चेश्वर गाउँपालिका–३, कुलाउ बजारमा बस्दै आएका छन् ।

पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा मुछिएका छन् ।

हवलदार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।

प्रतिक्रिया छाेड्नुहाेस्