अछाममा जुवाखालबाट ६ जना पक्राउ

अछाम – अछाममा जुवा खालबाट ६ जना पक्राउ परेका छन् । कास्की घर भई हाल अछामको मंगलसैन नगरपालिका–५ मंगलसैन स्थित होम नाथ अधिकारीले सञ्चालन गरेको गण्डकी शिर्ष बाबु होटल एण्ड लजको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् ।

मंगलसैन नगरपालिका–४ बस्ने २७ वर्षीय कमलबहादुर शाहीसहित ६ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका अछाम प्रहरीले जनाएको छ ।

६ जनालाई नगद ६९ हजार ६५५, मोबाईल ७ थान र १ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय अछाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया छाेड्नुहाेस्