सिडियो शर्माको भव्य बिदाई, नयाँ सिडियो उपाध्यायलाई स्वागत

बैतडी- बैतडीमा १० महिना सेवा गरी सरुवा भएर जानुभएका प्रमुख जिल्ला अधिकारी (सिडियो) भीमकान्त शर्माको भव्य विदाई गरिएको छ । बैतडीस्थित नागरिक समाज, खेलप्रेमी, कर्मचारी तथा स्थानीय अगुवाहरुले शर्माको भव्य विदाई गरेका हुन् । दैनिक सेवा संगसंगै सोमबार साँझ सम्म सिडियो शर्मा विदाईका कार्यक्रमहरुमा व्यस्त थिए ।

यस्तै नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आएका दिर्घराज उपाध्यायलाई पनि सोमबारनै स्वागत गरिएको छ । बैतडीमा दुबै प्रमुख जिल्ला अधिकारी कार्यालयमै भेट भएको यो पहिलो घटना हो । सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा नागरिकता लगायतका दैनिक सेवा प्रभावित हुने भएपछि नयाँ सिडियो उपाध्याय हाजिर भएपछि मात्रै भीमकान्त बैतडीबाट विदा भएका हुन् ।

शर्माको जिल्ला प्रशासन कार्यालय डोटीमा दरबन्दी रहने गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएको छ । २०८० साल पुस ६ गते बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका शर्माको १० महिनामा सरुवा भएको हो ।

बैतडीको १० महिनाको बसाई निकै सुखद रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकको जिल्लाको रुपमा बैतडीलाई औल्याउँदै देवभूमी र पूण्यभूमीमा काम गर्न पाएकोमा गौरव लागेको उहाँको भनाई छ ।

बैतडी आउनुभन्दा पहिला टाढाको जिल्ला भनेर सोचिएपनि यहाँ आइसकेपछि निकै रमाइलो अनुभूती भएको उहाँको भनाई छ । जिल्लामा बस्दा सबै पक्षको सकारात्मक सहयोग पाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । उहाँले जिल्लामा बस्दा सहयोग गर्ने सबैलाई धन्यावाद समेत ज्ञापन गरेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्