दार्चुलाकी एक किशोरी बेपत्ता

दार्चुला – दार्चुला घर भएकी एक किशोरी बेपत्ता भएकी छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं–८ पतेगैर निवासी १९ बर्षीया कुष्मा जोशी बेपत्ता भएकी हुन् ।

मानसिक अवस्था कमजोर रहेकी जोशी मंगलबार बिहान ८ बजे घरबाटै हराइरहेकी उनका आफन्त भावना जोशीले बताइन् ।

हरियो कुर्ता र रातो सुरुवाल लगाएकी जोशीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५७४००८८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्