बैतडीमा खर थुपार्ने बेला लडेर एक महिलाको मृत्यु

बैतडी– बैतडीमा काटेको खर थुपार्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–६ सित्तड सलेना भुलगाउँकी ३२ वर्षीया देवकी भुलको बिहीबार चारबजेतिर स्थानीय लेक भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लोकेन्द्र गोयलाले बताए ।

काटेको खर ओढारमा थुपार्नका लागि लैजाने क्रममा एक्कासी चिप्लेर भुलको मृत्यु भएको हो । उनी करीब एक सय मिटर तल खसेकी थिइन् ।

मृतक भुलको घरमा दुई नाबलक छोरा रहेका छन् । मृतक भुलका श्रीमान करन भुल रोजगारीको सिलसिलामा मलेसियमा रहेका गोयलाले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्