स्थानीयले चन्दा संकलन गरेर निर्माण गरे धर्मशाला

बैतडी- स्थानीयको अगुवाईमा बैतडीको शिवनाथ गाउँपालिका वडा नं –६ कुँडीस्थित कनल्या केदार मन्दिर परिसरमा धर्मशाला निर्माण गरिएको छ ।

विभिन्न निकायमा निर्माणको माग राखेपनि सुनुवाई नभएपनि स्थानीयहरुले चन्दा संकलन गरेर मन्दिर परिसरमा धर्मशाला निर्माण गरेको स्थानीय गणेशदत्त भट्टले बताउनुभयो ।

मन्दिरको धर्मशाला निर्माणका लागि स्थानीयहरुबाट १ लाख ८२ हजार ३३८ रुपैयाँ चन्दा संकलन भएको समितिका संयोजक तारादत्त भट्टले बताउनुभयो। मन्दिरमा पूजापाठ गर्नका लागि पुग्ने श्रद्धालुहरुलाई सहज होस भनेर धर्मशाला निर्माण गरिएको हो ।

स्थानीयहरुले आर्थिक सहयोग गर्नुका साथै धर्मशाला निर्माणमा अन्य सहयोग समेत गरेका समितिका सहसंयोजक केशवदत्त भट्टले बताउनुभयो ।

कनल्या केदार मन्दिरमा घेरपर्खाल र शौचालय समेत निर्माण गर्नुपर्ने देखिएकाले सबैलाई सहयोगका लागि अपिल समेत गरिएको भट्टले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्