बैतडीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

बैतडी– बैतडीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका–९ लमौताका ३६ वर्षीय तारादत्त जोशी र ४३ वर्षीय महेशदत्त जोशी भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

उनीहरुलाई एक थान भरूवा बन्दुकसहित शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी चौकी नागार्जुनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया छाेड्नुहाेस्