बझाङमा श्रीमतीको रिस छोरीमाथि, नाबालिकाको घाँटी थिचेर हत्या

बझाङ– बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ । जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन् ।

बोहराले एक वर्षीय गीता साउँदको घाँटीमा च्यापेर हत्या गरेका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदकी श्रीमती २० वर्षीया मनकला साउँदलाई विवाह गरेर २०८१ भदौ २२ गते ल्याएका थिए ।

मनकला र बोहराको बिचमा २०८१ मङ्सिर २ गते विवाद भएपछि उनले नाबालिकाको घाँटी थिचेका हुन । बोहरालाई बझाङ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयबाट सात दिनको म्याद थप गरेर अनुसन्धान जारी हरेको प्रदेश प्रहरीले बताएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्