बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ

बैतडी – १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको अरोपमा प्रहरीले मेलौली नगरपालिका– ७ का २४ वर्षीया रोशन सिंह रावतलाई हिजो (आईतबार) पक्राउ गरिएको छ ।

पीडित पक्षको जाहेरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अदालतबाट ६ दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर बलाराम पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्