एनपीएलमा बेटिङ खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले अनलाइनखबरलाई जानकारी दिए ।

‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी छ’, एआईजी थापाले भने ।

एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्