सुदूर पहाडमा वर्षासँगै हिमपात

बाजुरा– बैतडी र बाजुरामा वर्षासँगै हिमपात भएको छ।

मंगलवार बिहानदेखि बाजुराको हिमाली, जगन्नाथ, गौमुल, बुढीनन्दा, बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह लगायत जिल्लाका अन्य ठाउँका उच्च लेकाली भेगमा हिमपात भइरहेको हो।

यस्तै बैतडीको सिगास, श्रीभावर, ढोल्यामोड, बाचपानी लगायतका क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन्।

वर्षासँगै भारी हिमपात हुन थालेपछि जनजीवन प्रभावित भएको छ। यसअघि जिल्लामा मंसिरको अन्तममा पनि भारी हिमपात भएको थियो।

प्रतिक्रिया छाेड्नुहाेस्