श्रीमतीसंग भारत जाँदा नाकाबाट फर्काइएका डडेल्धुराका एक जना कञ्चनपुरमा मृत फेला

कञ्चनपुर– डडेल्धुराका एक जना कञ्चनपुरमा मृत फेला परेका छन् ।

जिल्लाको आलितालका गाउँपालिका–५ गोलेथर बस्ने अन्दाजी २० वर्षीय कृष्ण खडायत कञ्चनपुरमा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

खडायत घरबाट भारत जान्छु भन्दै श्रीमतीसँगै हिँडेका थिए । तर, सीमा नाकामा आवश्यक कागजात देखाउन नसकेपछि खडायत दम्पत्तिलाई फर्काइएको थियो ।

त्यसपछि खडायत परिवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० सिद्धदेवी टोलमा आफ्ना काकाको घरमा पुगेका थिए।

परिवारले दिएको जानकारीअनुसार श्रीमान–श्रीमतीको सामान्य झगडा परेको थियो ।

त्यसपछि कृष्ण मृत फेला परेका हुन् । खडायतको शव पोस्टमार्टमको लागि धनगढीको सेती प्रादेशिक अस्पताल लगिएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्