बैतडी– “भुकम्पले सिकाएको पाठ, बलियो संरचना र पुर्वतयारीका साथ’’ नारा सहित २७ औ भुकम्प सुरक्षा दिवस २०८१ को अवसरमा जिल्ला प्रशासन कार्यालय बैतडीले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा भुकम्पलाई न्युनीकरण गर्ने बिषयमा विभिन्र प्रस्तुती गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सुरक्षित आवास र स्वास्थ्य सम्बन्धी भवन आचार संहिता बिभिन्र दैबी प्रकोप न्यूनीकरणका विसयमा छलफल सहित अन्तरक्रिया कार्यक्रम सम्पन्र गरियो हो ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भुकम्प प्राकृतिक कारणले आउने हुँदा यसलाई टार्न नसकिने भएकाले भुकम्प प्रतिरोधी घर र संरचना बनाउन सकिए क्षति कम हुनेमा जोड दिनुभयो ।
सं १९९० माघ २ गते दिउँसो गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरिएको छ ।











