डोटीमा बिहेको भोज खाएर ५७ जना बिरामी

डोटी– डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी भएका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीले शनिवार दुलही पक्षका व्याक्तिहरू सुजीको हलुवा लगायतका खानाका परिकार खाएकोमा बिरामी भएका बताएको छ।

बिहेको भोज खाएकाहरूमा तीन जनालाई ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो।

शनिवार बिहेको भोज खाएका ५७ जना बिरामी भएका हुन। उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी, बाँझमा उपचारका लागि लगिएको थियो।

बिरामीहरूको रगतको नमुना सङ्कलन गरिएको छ। जिल्ला अस्पताल, डोटीमा परीक्षणका लागि नमुना पठाइएको हो।

प्रतिक्रिया छाेड्नुहाेस्