बैतडीमा १६ वर्षीया किशोरी सुतेको कोठामा मृत भेटिइन्

बैतडी– बैतडीमा एक किशोरी मृत फेला परेकी छन् ।

जिल्लाको पाटन नगरपालिका–१० बाडीखानाकी १६ बर्षीया निर्मला सार्की मृत फेला परेकी हुन् ।

शुक्रबार राति आफ्नै कोठामा सुतेकी निर्मला बिहान झुण्डिएको अवस्थामा फेला परेकी बताइएको छ ।

सरस्वती मावि सल्लेबासामा कक्षा १२ मा अध्ययनरत सार्कीले किन आत्महत्या गरिन् भन्ने कुरा खुल्न सकेको छैन् ।

विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएपछि सरस्वती माविले आज एक दिन शोक बिदा दिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्