बैतडी– बैतडीमा चितुवा पासोमा फसेको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ८ स्थित त्रिपुरा सुन्दरी मन्दिर नजिकै चितुवा पासोमा फसेको छ ।
स्थानीयले बंदेलका लागि थापेको पांसोमा चितुवा फसेको डिभिजन बन कार्यालय बैतडीका प्रमुख भरत प्रसाद भट्टले बताए ।

चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षणकोष शुक्लाफाँटाको टोली पठाइएको उनले बताए ।











