बैतडी- भुमी समस्या सामाधान आयोग बैतडीका नव नियुक्त अध्यक्ष रमेश दत्त पाण्डेले सोमबार पदभार ग्रहण गरेका छन् ।
आज जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, जिल्ला मालपोत कार्यालय प्रमुख, नापी कार्यालय प्रमुख तथा पत्रकार महासंघका अध्यक्ष लगायतको उपस्थितिमा पाण्डेले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेयले जिल्लामा रहेका सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुको समस्या समाधानका लागि आफु कटिबद्ध रहेको बताएका छन् । यहाँका लावग्राहीहरुको समस्या समाधान गरी उनिहरुलाई भुमीमा पहुँच स्थापित गर्न आफ्नो भुमिका रहने उहाँले बताउनुभयो ।

जिल्लामा क्रियाशील राजनितिक दलका प्रमुख, भुमी अयोगका पुर्व अध्यक्षको समन्वयमा निति तय गरि छिट्टै परामर्श बैठक आयोजना गरिने उहाँले बताउनुभयो ।
अध्यक्षको पदभार ग्रहण पछि पहिलो बैठक समेत बसेको नापी कार्यालय बैतडीका प्रमुख एवं भुमी समस्या समाधान आयोग बैतडीका सदस्य सचिव रणसिंह रावलले बताउनुभयो ।











