शहिद दशरथचन्दको जन्मघर बैतडीमा आज र भोली साहित्य उत्सव

बैतडी– शहिद दशरथचन्दको जन्मघर बैतडीमा आज र भोली साहित्य उत्सव तथा अन्तराष्ट्रिय काव्य गोष्ठिको आयोजना गरिएको छ ।

आज र भोली दशरथचन्द नगरपालिका–५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्म घरमा काव्य गोष्ठि आयोजना गरिएको हो ।

दशरथचन्द नगरपालिकाको प्रर्वधन, शहिद चन्दको स्मृति प्रतिष्ठानसंगको सहकार्यमा राष्ट्रियता अभियान बैतडी दशरथचन्द साहित्य उत्सव तथा अन्तराष्ट्रिय काव्य गोष्ठि आयोजना गरिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए ।

सो उत्सवमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यता तथा नेपाल–भारतका २ सय जना साहित्यकारहरुको उपस्थिति रहेको उनले बताए ।

आज र भोली दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा सिवभिन्न विषयमा वक्ताहरुसंग छलफल, कार्यपत्र प्रस्तुत, रचना वाचन, सम्मान अर्पण लगायतका सत्रहरु गरिने बताइएको छ ।

सो साहित्य उत्सवमा भारतका सिक्किम, दार्जिलिङ, राजस्थान अल्मोडा, पिथौरागढ, महारष्ट्र लगायतका ठाउँबाट साहित्यकारहरुको उपस्थिति रहेको छ भने नेपालको पुर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानबाट साहित्यकारहरुको उपस्थििति रहेको लेखकले बताए ।

1 Comments Text
  • tlovertonet says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    It’s the best time to make some plans for the future and it is time to be happy. I’ve read this post and if I could I want to suggest you some interesting things or tips. Maybe you can write next articles referring to this article. I want to read even more things about it!
  • प्रतिक्रिया छाेड्नुहाेस्