शहीद दशरथचन्दको जन्मघरमा साहित्य उत्सव

राधा बोहरा, बैतडी- आज माघ १६ गते अर्थात शहीद दिवस, शहीद दिवसको अवसरमा दशरथचन्दको जन्मघर बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटमा आजदेखि दशरथचन्द साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सुरू भएको छ।

सहिद दिवसको अवसर पारेर राष्ट्रियता संरक्षण अभियानको आयोजना, दशरथचन्द नगरपालिकाको प्रवर्द्धन तथा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको सहकार्यमा साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सुरू भएको हो ।

दुईदिनसम्म सञ्चालन हुने गोष्ठीको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। कार्यक्रममा नेपाल तथा भारतका प्रशिद्ध साहित्यकार, श्रजक, लेखक, प्रज्ञिक व्यक्ति, तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली,बैतडी जिल्ला अदालतका न्यायाधीश तीर्थराज भट्ट,नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा,दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, उपप्रमुख कौशिला चन्द, राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकलगायतको उपस्थिति रहेको थियो।

साहित्य सम्मेलनकै अवसरमा विभिन्न लेखकहरुका कृतीहरु समेत विमोचन गरिएका छन् ।

यसअघि उद्घाटन अघि सुन्दरखाली शहीदगेटबाट बाजागाजा र छलिया नृत्यसहित सुरू भएको प्रभातफेरी सहिद दशरथचन्दको जन्मघर बस्कोटमा पुगेर उद्घाटन समारोहमा समाहित भएको थियो ।

उद्घाटन समारोहमा बोल्दै नेपाल ललितकता प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली साहित्य उत्सव र अन्तर्राष्ट्रिय गोष्ठीले साहित्यका माध्यमबाट दुई देशबीचका नागरिक सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी (लख्खाभाई) ले शहिद दरशथचन्दका नामले गरिने हरेक सकारात्मक काममा सहयोगका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी नगर उपप्रमुख कौशीला चन्दले शहीदका समना पुरा गर्ने दायित्व आम नागरिकको भएकाले यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । जनताको मुक्ती र देशको परिवर्तका लागि प्राण उत्सर्ग गर्नुहुने शहीदले देखाएको बोटो भुल्न नहुने उहाँको भनाई थियो ।

सहिद दशरथ चन्दको जन्म वि.सं. १९६० असार १७ गते बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो ।

तत्कालीन राणा सरकारले वि।सं। १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्