राधा बोहरा, बैतडी- बैतडीको सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसमा सरस्वतीको मूर्तिको प्राण-प्रतिष्ठा गरिएको छ । बसन्त पञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर क्याम्पसमा सरस्वतीको मूर्ति रखिएको क्याम्पस प्रमुख डा. सुरेन्द्र कुमार वमले बताउनुभयो ।

निर्माण व्यवसायी पुरन रावलले निर्माण गरेको सरस्वती मन्दिरमा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दको सहयोगमा तयार गरिएको सरस्वतीको मूर्ति एक कार्यक्रमका बिच आज क्याम्पसमा राखिएको उहाँले बताउनुभयो ।


सरस्वतीको मूर्तिलाई स्थानीय छलीया नृत्य र बाजागाजा सहित कलसयात्रा गरेर मन्दिरमा राखिएको होे । सनातन हिन्दु शास्त्र अनुसार पुजा गरी मुर्ती राखिएको उहाँको भनाई छ ।






क्याम्पसमा राखिएको माता सरस्वतीको मुर्तिले क्याम्पसको सुन्दरतालाई थप बढाउनुको साथै विद्यार्थीहरुमा समेत उर्जा थपेको जगन्नाथ बहुमुखी क्याम्पसका स्ववियु सभापती धनीदत्त भट्टले बताउनुभयो ।

२०४६ सालमा स्थापना भएको क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत संचालित छ ।











