बैतडी- नेपालमा विवाहको उमेर १८ वर्षमा झार्ने सम्बन्धि बहस तथा छलफल चलिरहेका बेला बैतडीका किशोरीहरुले बिवाहको उमेर २० वर्षनै कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । दलित समाज बिकास मञ्च (डिएसडिएफ) र परोपकार ग्रामीण विकास संघद्वारा गठित किशोरी समुहमा आवद्धहरुले यस्तो पत्र जिल्ला हुलाक कार्यालय बैतडी मार्फत प्रधानमन्त्रीलाई पठाएका हुन् ।

मंगलबार यहाँका किशोरीहरुले पत्र लेख्दै प्रधामन्त्रीको ध्यानाकर्षण गराएका हुन् । किशोरीहरुले लेखेका पत्रहरुलाई एकमुष्ट रुपमा जिल्ला हुलाक कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको बाल बिवाहका लागि छिटो मिलन रोकथाम कार्यक्रमका संयोजक सुरेश सेरलाले बताउनुभयो ।

दलित समाज विकास मञ्चको नेतृत्वमा काठमाण्डौँमा उपस्थित अधिकारकर्मिहरुले समेत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले बिवाहको उमेर हद कम गर्ने छलफल चलाईरहेका बेला अधिकारकर्मिहरुले भने यसको बिरोध गरिरहेका छन् ।











