बैतडी- पाटन नगरपालिका ४ का प्रेमसिंह बिष्टले आफ्ना स्वर्गीय बुबा दानसिंह बिष्टको स्मृतिमा स्थानीय विद्यालयमा सरस्वतीको मन्दिर निर्माण कार्य सुरु गरेका छन् ।
विष्टले बुबाको स्मृतिमा सरस्वतीको मन्दिर निर्माण कार्य गरिरहेका हुन् । २०८१ सालको सरस्वती पूजाको दिन विधिवत् रुपमा मन्दिर निर्माणको काम सुरु गरेका बिष्ट आफै निर्माणमा खटिएका छन् ।

आफूले समेत सोही विद्यालयमा अध्ययन गरेको भन्दै उनले विद्यालयमा सरस्वतीको मन्दिर बनाउन लागेको बताउनुभयो । सानैदेखि विद्यालयमा मन्दिर नहुँदा सरस्वती पूजामा पनि पूजा गर्न नपाएको देखेर आफूले बुवाको सम्झनामा मन्दिर बनाउन लागेको उहाँले बताउनुभयो ।

नयाँ वर्षभित्रै मन्दिर निर्माण सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गर्ने उद्देश्य रहेको उहाँको भनाई छ ।
विद्यालयमा सरस्वती मन्दिर निर्माण भए सरस्वती पुजा, प्राथना र विद्यालयको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पर्ने प्रधानाध्यापक धनी दत्त भट्टले बताउनुभयो ।
बिष्टको यस्तो कामले अरुलाई पनि विद्यालय र समाजमा केही योगदान दिने प्रेरणा मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमसिंह बिष्टले बताउनुभयो ।












