बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते

बैतडी- बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

जिल्लाको मेलौली नगरपालिका-३ कुजागाडका ३८ वर्षीय गणेश सिंह भाट बाघको आक्रमणबाट घाइते भएका छन्।

सोमबार बिहान करिब १०ः३० बजे बाख्रा चराउन गएको समयमा कोला खोला जंगल क्षेत्रमा उनीमाथि बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बल्देब बडुले बताउनुभयो ।

आक्रमणको क्रममा भाटले आफूसँग रहेको हसियाँ प्रयोग गरी बाघलाई हानेर भाग्न सफल भएका थिए। घाइते भाटको पाटनमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी mरेफर गरिएको बताइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्