दार्चुलामा निगांलो काट्न गएका एक जना मृत फेला

दार्चुला– दार्चुलामा एक जना मृत फेला परेका छन् ।

दार्चुलाको नौगाड गाउँपालिका–१ इयरकोटका विरभान सिंह महता मृत फेला परेका हुन् ।

फागुन ६ गते निगांलो काट्न जंगल गएका ७६ वर्षीय महता घर नफर्किएपछि आफन्तले खोजी गरिरहेका थिए ।

बुधबार स्थानीय सत्याडी भीरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्