बैतडी– बैतडीमा गोली चलाउंदा एक जना घाइते भएका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिकामा दुइजनाबीच बिवाद हुँदा गोली प्रहारबाट अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, शनिबार राति दोगडाकेदार–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्ट गोली प्रहाबाट घाइते भएका छन् ।
सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट सुरेन्द्र घाइते भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले बताए ।
लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेका बताइएको छ । घाइते सुरेन्द्रलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ। गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्।
प्रहरीको टोली अझै घटनास्थ गइरहेको बडुले बताए । विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।











