बैतडी– बैतडीको पाटन नगरपालिका–१ गुत्थडीमा भएको भलिबल प्रतियोगितामा सिद्धपुर निर्माण सेवाले फाइनलमा प्रवेश गरेको छ ।
गुत्थडीस्थित बयलाचौरमा रहेको सरश्वती माविले महाशिवरात्रिको अवसरमा आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा सिद्धपुरले फाइनल प्रवेश गरेको हो ।
फागुन १४ गतेदेखि सञ्चालन भएको सो खेलमा १० टिमको सहभागिता रहेको छ । सो खेल भोली सम्पन्न हुने बताइएको छ ।
दनपा ७ को सिद्धपुर निर्माण सेवा र सरश्वती मावि बयलाचौरबिच भोली फाइनल खेल हुने सिद्धपुर टिमका क्याप्टेन वसन्त बडुले बताए ।










