बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली प्रहारबाट घाइते भएका एक जनाको मृत्युु भएको छ ।
शनिबार राति ८ बजेको समयमा गाउँपालिकाको वडा नम्बर –८ कालागाउँ चौसिला भन्ने ठाउँमा गोली प्रहारबाट घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको अस्पताल लग्दै गर्दा मृत्युु भएको हो ।
सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट सुरेन्द्रको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो।
लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेका हुन् ।
गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्। उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।









