शनिवार जिल्ला सभापती चन्द र पूर्व परराष्ट्र मन्त्री साउद शिवनाथ आउने

बैतडी : नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति बैतडीको बाइसौं जिल्ला प्रतिनिधि सभा शिवनाथ गाउँपालिकाको सुल्लेखानमा हुने भएको छ । सो कार्यक्रममा उपस्थितीका लागि नेपाली कांग्रेस बैतडीका सभापती चतुर बहादुर चन्द र नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम पूर्व परराष्ट्र मन्त्री एनपी साउद बैतडीको शिवनाथ आउने भएका छन् ।

शनिवारहुने शिक्षक संघको प्रतिनिधिसभा कार्यक्रममा प्रमुख अथिती र अथितीको लागि सभापती चन्द र मन्त्री साउद संगै केन्द्रीय सदस्य गोविन्द बहादुर शाह पनि आउने भएका छन् ।

भोली चैत्र २ गते शनिवार शिक्षक संघको प्रतिनिधिसभा कार्यक्रममा अन्य पार्टीका विभिन्न तहतप्काका नेताकार्यकर्तालाई उपस्थितीका लागि शिक्षक संघ बैतडीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्