सुख्खा बन्दरगाहको काम अघि बढाउँदा मन्त्री भण्डारीको नियोजित विरोध

धनगढी- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेश विकासको मेरुदण्ड दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढाउँदा मन्त्रीकै नियोजित रूपमा विरोध हुन थालेको छ ।

२०६६ सालमा सरकारले घोषणा गरेको सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाई ५अर्ब ४६ करोडको टेन्डर आह्वान भयसँगै मन्त्री भण्डारीको विरोध भएको हो । भारत सरकारको लगानीमा निर्माण हुने उक्त आयोजना सुक्खा बन्दरगाह सुदूरपश्चिमको मात्रै नभई मुलुकको विकासको मेरुदण्डको रूपमा रहेको आयोजना हो ।

१५ वर्षअघि घोषणा भए पनि कछुवा गतीमा काम अघि बढेको उक्त बन्दरगाह भण्डारी मन्त्री नियुक्त भयसँगै द्रुत गतिमा अघि बढेको हो । निर्माण प्रक्रिया नजिकिँदै गर्दा विकास विरोधी तत्त्वहरू सलबलाएका छन् । विरोधी तत्त्वहरू कहिले आन्दोलनको चेतावनी दिन्छन् त कहिले मन्त्री कै विरोधमा उत्रिन्छन् ।

सुदूरपश्चिम प्रदेशकै इतिहासमा नेपालमा उत्पादित बस्तुको बजारीकरण गर्ने हेतुले यस आर्थिक वर्षमा कञ्चनपुर उद्योग, वाणिज्य सघं मार्फत भारतको देहरादुनमा आयोजना गरिएको व्यापारिक मेलाको लागी सरकारले १ करोड ५० लाख रकम छुट्ट्याइएको थियो । जसको नियोजित विरोध गरिएको मन्त्रालयले जनाएको छ । जुन मेलालाई भारत सरकारले पनि महत्त्व दिँदै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले मेला उद्घाटन गरेका थिए ।

धामीले मेला उद्घाटनको क्रममा यस्ता मेला महोत्सवको आयोजनाले दुई देश बिचको व्यापारिक सन्तुलन कायम हुनुका साथै जनस्तरको सम्बन्ध विस्तार हुने र निकट भविष्यमै सम्पन्न हुन गइरहेको दैजि छेला औद्योगिक क्षेत्रमा भारतीय लगानीकर्ताहरूको आकर्षण बढ्ने बताएका थिए । उद्घाटनमा बोल्नुहुँदै मुख्यमन्त्री धामीले नेपाल सरकारले उक्त मेला सञ्चालनका लागि गरेको सहयोग र सहकार्यका लागि सरकार तथा उद्योग मन्त्रालयलाई धन्यवाद दिनुभएको छ ।

नेपालको केन्द्र भागमा रहेका सङ्घ संस्थाहरूले यस्ता मेला महोत्सवहरू विभिन्न देशहरूमा आयोजना गर्ने गरेको भए पनि सुदूरपश्चिममा रहेका संस्थाहरू मार्फत आयोजना हुने गरेका थिएनन् । यस्ता मेला महोत्सवहरूको आयोजना मार्फत नेपाली वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार हुने मन्त्रालयले विश्वास लिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्