धनगढी – धनगढी उपमहानगरपालिका–३ मा शुभकामना टोल समिति गठन गरिएको छ । मंगलबार शुभकामना टोलवासीले सो समिति गठन गरेका हुन् । दिर्घराज ओझाको अध्यक्षतामा सो समिति ठगन गरिएको हो ।
शुभकामना टोललाई नमुना टोल बानाउने उदेश्यले समिति गठन गरिएको बताइएको छ । वडा अध्यक्षको रहोबरमा टोल समिति गठन गरिएको शुभकामना टोल समितिका अध्यक्ष दिर्घराज ओझाले बताए ।
सो टोलमा वर्षायाममा धेरै डुवान हुने, बाटोघाटो पनि बिग्रेको, खानेपानी लगायतका विभिन्न सामस्याको सामाधानका लागि सो समितले कदम चाल्ने उनले बताए ।
छ लेन सडकस्थित डिके आयलस्टोरबाट राजघाट जोड्ने बाटोको समस्या, सांघुरो बाटो, खाल्डाखुल्डी भएको हुँदा र सो बाटोमा टिप्पर, ट्याक्टर लगायतका ठुलागाडी चल्दा सडक आसपासका स्थानीयलाइ समस्या हुने गरेको बताइएको छ । विजुलिका तारहरु पनि झरेको लगायतका समस्या भइरहेको समितिले बताएको छ ।
यस्तै लामो समयदेखि सो टोलका बालबालिकाहरुलाई शिक्षा सेवा प्रदान गर्दै आइरहेको शुभकामना बोर्डिङ स्कुललेपनि सहयोग गर्ने बताएको छ ।
नयाँ शैक्षिक सत्रदेखि शिक्षाको गुणस्तरलाई प्रर्वदन गर्ने, बालबालिकालाई विभिन्न संस्कार तथा विश्वमै प्रतिसपर्धा गर्ने विद्यार्थी उत्पादन गर्ने लगायतका विभिन्न नयाँ योजना बनाइरहेको शुभकामना बोर्डिङ स्कुलका शिक्षक गोकर्ण जोशिले बताए ।
सो योजनामा शुभकामना टोलबासीको सहयोग पनि रहेको र टोलबासीसंग हातेमालो गर्दै अगाडी बढिरहेको उनले बताए ।
यस्तै हरेक महिनाको एक दिन टोलमा सरसफाईका कार्यक्रमपनि गरिने बताइएको छ । शुभकामना स्कुलको सहभागिता तथा सहयोगमा टोलमा सरसफाई गरिने बताइएको छ ।










