कञ्चनपुरमा स्वास्थ्य परीक्षण नै नगरी निरोगिताको प्रमाणपत्र

कञ्चनपुर– कञ्चनपुरमा स्वास्थ्य परीक्षण नगरी निरोगिताको प्रमाणपत्र दिने गरिएको पाइएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको विष्ट हेल्थ कियर क्लिनिक मेडिकल स्टोरको नामबाट २ सय रुपैयाँमा निरोगिताको प्रमाणपत्र दिने गरेको हो।

यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरमा पेस हुने अधिकांश निरोगिताका प्रमाणपत्रहरू विष्ट क्लिनिकका रहेका छन्। यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरको कार्यालय परिसर क्षेत्रका पसलहरूमा निरोगिताको प्रमाण पत्र २ सय रुपैयाँमा पाइने गरेका हुन।

क्लिनिकका सञ्चालक डाक्टर चन्दन सिंह विष्टको नाम, हस्ताक्षर र छापासहित २ वर्षदेखि स्वास्थ्य परीक्षणसमेत नगरेर निरोगिताको प्रमाण पत्र बिक्री गर्ने काम हुँदै आएको छ। सञ्चालक विष्टले क्लिनिकको लेडर प्याड र छाप प्रयोग गरेर निरोगिताको प्रमाण पत्रहरू बिक्री हुँदै आएको विषयमा जानकार रहेको बताएका छन।

तर, उनी कुनै कानुनी प्रक्रियामा गए÷नगएको विषयमा मौन देखिएका छन्। यातायात कार्यालय क्षेत्रका पसलहरूले विष्टलाइ आधा रकम बुझाएर २ सय रुपैयाँमा निरोगिताको प्रमाणपत्र बिक्री गर्दै आएका हुन्। उनले भने, ‘मलाई पहिलैदेखि जानकारी थियो।’ तर, कानुनी प्रक्रियामा नगएको विषयमा डाक्टर विष्टले उत्तर दिएनन्।

यातायात व्यवस्था कार्यालय, महेन्द्रनगर उक्त विषयमा जानकार छ। तर, २ वर्षदेखि २ सय रुपैयाँमा परीक्षण बिना नै निरोगिताको प्रमाणपत्र पेस हुँदा पनि कुनै कारबाही तथा सम्बन्धित निकायहरूमा जानकारी गराइएको छैन।

महाकाली प्रादेशिक अस्पताललाई स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र बनाउन भन्दै निवेदन दिएको यातायात कार्यालय मूकदर्शक बनेको हो।

यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरका निमित्त प्रमुख रामदत्त पन्तले उक्त विषयमा जानकार रहेको बताएका छन्। कार्यालय परिसरका पसलहरूबाट छ्यापछ्याप्ती स्वास्थ्य परीक्षण बिना नै निरोगिताका प्रमाणपत्रहरू बिक्री हुँदै आएका उनले बताए।

उनले भने, ‘पसलहरूमा निरोगिताको प्रमाणपत्रहरू पाउने गरेको छ। हामीले महाकाली अस्पतालसँग माग गरेका छौ।’

यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरको परिसरका पसलहरूले २ वर्षदेखि निरोगिताको प्रमाणपत्र बिक्री गर्दै आएका भएपनि स्थानीय प्रशासन मूकदर्शक भएको छ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले हालसम्म उक्त विषयमा कसैको पनि निवेदन तथा गुनासाहरू नआएको भन्दै कारबाही नगरिएको बताएको छ। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले अनुचित लाभ लिएको पाइएमा कानुन अनुसार कारबाही हुने बताएका छन्। उनले प्रमाणहरूमा सहयोग गर्न भनेका छन्।

उनले भने, ‘पसलहरूमा निरोगिताको प्रमाण पत्र दिने होइन। गैरकानुनी र अनुचित लाभ लिएको पाइएमा कारबाही गर्छाै।’

सवारी चालक अनुमति पत्रका लागि छारे रोग, मानसिक सन्तुलन, आँखाको देख्ने शक्ति, आवाज सुन्ने शक्ति, दृष्टिदोष, रतन्धो, एक मात्र आँखा वा खुट्टा भए/नभएको लगायतको प्रतिवेदन चिकित्सकले दिनुपर्ने हुन्छ।

1 Comments Text
  • tlover tonet says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Very great post. I just stumbled upon your weblog and wanted to mention that I’ve really loved browsing your weblog posts. In any case I’ll be subscribing in your feed and I’m hoping you write again very soon!
  • प्रतिक्रिया छाेड्नुहाेस्