बैतडी : जिल्लाको शिवनाथ गाउँपालिका केन्द्र सुल्लेखानमा निर्माण भइरहेको पालिकास्तरीय दश शयाको अस्पताल निर्माणको कार्य तिब्र गतिमा चलिरहेको छ ।
निर्माण कम्पनिले विविध कारण जनाउँदै निर्माणमा ढिलाई गरेका थिए । निर्माण कम्पनिलाइ समयसमयमा ताकेता गरि निर्माणको कामलाई तिव्रता दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र महताले बताउनु भयो ।
‘समयमै निर्माणको काम सम्पन्न गरि आवस्यक पूर्वाधार व्यवस्थापन गरि छिट्टै दश शयाको अस्पतालबाट नागरिकलाई सेवा प्रदान गर्नको लागि लागिपरेका छौँ ।’ प्रमुख प्रशाकिय अधिकृत महताले भने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १० शयाको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भएअनुसार २०७८ सालको बैशाखमा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको कूल लागत ७ करोड तिन लाख ७४ हजार २४९ रहेको छ । विविध कारणले अहिलेसम्म अस्पताल निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ ।
स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेकाले प्रत्येक नागरिकलाई स्थानिय ठाउँमै सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य अनुसार अस्पताल निर्माणको कार्यलाई तिव्रता दिइरहेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनु भयो ।










