ब्लड क्यान्सरसंगै लड्दै ११ वर्षीया बालिका, आर्थिक सहयोगका लागि अपील

बैतडी- बैतडीको पाटन नगरपालिका- २ निनतोला सिलंगा स्थायी घर भई हाल कञ्चनपुरको वेदकोट नगरपालिका- २, बसन्थलामा बस्दै आएकी ११ वर्षीया सिम्रन पन्त कलिलो उमेरमा क्यान्सर रोगसंग लडिरहेकी छिन् ।

सिद्धनाथ आधारभूत विद्यालय बसन्थलामा कक्षा ४ मा अध्ययनरथ सिम्रन हाल तिवनस्थित वी.पी. कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छिन् । आर्थिक अभावका कारण उहाँको उपचार राम्ररी हुन सकेको छैन् । परिवारले सिम्रनको ज्यान जोगाइदिन सबैसंग अपील गरेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्