कांग्रेस कार्यसम्पादन समिति बैतडीको बैठक सम्पन्न

बैतडी : नेपाली कांग्रेस जिल्ला कार्यसम्पादन समिति बैतडीको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा पाटन नगरपालिका–८ खोड्पेमा बैठक सम्पन्न भएको नेपाली कांग्रेस बैतडीले जनाएकाे छ ।

बैठकले पार्टी संगठन सुदृढीकरण र विस्तारका लागि आगामी जेठ महिनादेखि प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्लाका १० ओटै स्थानीय तह र ८४ ओटै वडामा प्रशिक्षण अभियान सञ्चालन गरिने छ । नेपाली कांग्रेसको नीति, विधि, विधान र सिद्धान्तका बिषयमा जानकारी दिने र कांग्रेसको संगठनलाई बलियो बनाउने उद्देश्यसहित प्रशिक्षण अभियान सञ्चालन गरिने पार्टी सभापती चतुर बहादुर चन्दले बताउनु भयो ।

प्रशिक्षण अभियानमा जिल्ला सभापति, प्रशिक्षण शाखा संयोजक, पार्टीका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतले प्रशिक्षण दिने छन ।

प्रतिक्रिया छाेड्नुहाेस्