धर्मानन्द बडु । ४ जेठ, बैतडी- बैतडीको दशरथचन्द नगरपालिका- ७ सुर्कालमा जेठ ६ गते (मंगलबार) पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ । विशेष गरी भैँसीमा लाग्ने खरी रोगको बारेमा शिविर संचालन गर्न लागिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो । उहाँका अनुसार स्थानीय क्षेत्रमा खरी रोग लागेका भैँसीहरुका लागि औषधि वितरण हुने छ ।
सुर्कालमा भैँसी पालक किशानहरु भएको र सो क्षेत्रमा खरी रोगको कारण भैँसीहरु फस्टाउन नसकेको किशानहरुको गुनासो आएपछि शिविर मार्फत पशु स्वास्थ्य सेवा दिन थालिएको उहाँले बताउनुभयो ।
यसका साथै गाई, बाख्रा लगायत घर पालुवा जनावरमा कुनै समस्या भएको भए त्यसबारेमा समेत प्राविधिक सललाह दिईने पन्तले बताउनुभयो ।










