मेलाैली नगर गेटकाे फोहोर अझै उठेन, जनप्रतिनिधिको धम्कीले नगरवासी त्रसित

बैतडी- बैतडीकाे मेलाैली नगरपालिकाकाे गेटमा फालिएकाे फाेहाेर अझै उठेकाे छैन् ।

नगरबासीले पटक पटक आग्रह गर्दा पनि बजार क्षेत्रमा जथाभावी फालिएकाे फाेहाेर व्यवस्थापनमा वेवास्ता गरेकाे भन्दै स्थानियले पालिका गेटमा फाेहाेर फालेर विराेध जनाएका थिए ।
तर, नगरपालिकाले फेरि पनि समाधान खाेज्नुकाे साटाे उल्टै पालिकाका प्रतिनिधिहरुले स्थानियमाथि धम्की दिने गरेकाे गुनासाे स्थानियकाे छ ।

फाेहाेर फाल्नेलाई कारबाहि गर्छाैँ माथि पुर्याउछाैँ भन्दै फाेन गरेर धम्कि दिने डराउने गरेकाे मेलाैली -७ कि भागरथि चन्दले गुनासाे गरिन् ।

उनले सार्वजनिक जग्गा सङ्गै रहेकाे निजि जग्गा समेत फाेहाेरले मासिएकाे हुँदा साे फाेहाेर व्यवस्थापनका लागि पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेकाे बताईन् ।

`घाँस दाउरा गर्न, बाटाे हिंड्नै मुस्किल भईरहेकाे छ, एक पटक अवलाेकन त गरिदिनुस भन्दा पनि सुन्दैन सुनिदिने, हामी बाध्य भएर याे फाेहाेर नगरपालिकामा फालेका हाैँ, उनले भनिन् ।´

तर, सामाधानकाे साटाे उल्टै आफुहरुलाई सार्वजनिक मुद्दा हाल्ने जेल पुर्याउने भन्दै नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धम्कि दिने गरेकाे उनकाे आराेप छ ।

उनले भनिन, `याे फाेहाेर किन फालेकाे, तुरुन्तै सफा गर्नुस न भए कारवाहि गर्छाैँ माथि पुर्याउछाैँ, जेल हाल्छाैँ भनेर फाेन गर्दै धम्कि दिए । मलाई डर लागेकाे छ । म एक्लि महिला घरमा बिरामि बुढा छन अरु काेहि छैनन् । एक एक गरेर नगरपालिका कर्मचारि र जनप्रतिनिधिले फाेन गरेर धम्क्याए ।´

फाहाेर फाल्ने काे काे हाे, भन्दै ३ जनाकाे नाम टिपेर मुद्दा चलाउने नगरपालिकाले निर्णय गरेकाे भनेकाे छ तर निर्णय देखाउन आग्रह गरे पनि नदेखाईरहेकाे स्थानिय शिशिर भट्टले बताए ।

ट्रयाक्टर धनी, भागरथि चन्द र मेराे नाम टिपेकाे र तपाईहरुलाई हामी केके गर्छाै हाम्राे निर्णय भइसक्याे भन्दै धम्काएकाे शिशिरले बताए ।

फाेहाेर व्यवस्थापन गर्नुकाे साटाे उल्टै स्थानियलाई धम्कि दिएर डराईरहेकाे आराेप उनिहरुकाे छ ।

तर, नगरपालिका प्रमुखकाे कार्यभार सम्हालेका वडा नम्बर ७ का वडा अध्यक्ष राम चन्द्र भट्टले भनेआफुहरुले कुनै धम्कि नदिएकाे बताए ।

उनले यसाे नगर्न र समस्याकाे सामाधान गर्ने भन्दै अफिसकै भासामा सम्झाईबुझाई गरेकाे बताए ।

`हामीले फाेहाेर व्यवस्थापनका लागि छलफल गरिरहेका छाैँ अहिले गेटमा फालिएकाे फाेहाेर सफा गरिदिनुस मात्रै भनेकाे हाैँ उनले भने ।´

नगर प्रमुख भिमबहादुर काम विशेषले बाहिर रहेकाे बताईएकाे छ । साे नगरप्रमुखकाे कार्यभार रामचन्द्र भट्टले सम्हालेका थिए ।

भट्टले भने, `नगरप्रमुख यहाँ छैनन्, उपप्रमुख पनि थीएनन्, प्रमुखकाे कार्यभार मलाई थियाे अहिले उपप्रमुख आइसक्नुभएकाे छ ।´

वडा अध्यक्ष भट्ट र स्वास्थ शाखामा कार्यरत राज बहादुर चन्दलाई धम्कि दिएकाे आराेप लागेकाे थियाे ।

यस्तै बुधबार पनि स्थानियले नगर उपप्रमुख पार्वती विष्टलाई ध्यानाकर्षण पत्र बुझाईका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै उनले साे विषयमा छलफल गरेर सामाधान गर्ने बताईन् ।

नगरपालिकाकाे गेट नीर फालिएकाे फाेहाेर उठाउन पनि छलफल गरेर मात्रै निर्णय गरिने बताइन् ।

प्रतिक्रिया छाेड्नुहाेस्