राधा बाेहरा, ११ जेठ, बैतडी- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हिन्दु राष्ट्र स्थापना सहितका माग राख्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र सभापति शेरबहादुर देउवालाई ३३ बुँदे मागपत्र पठाइएको छ ।
नेविसंघ बैतडीका कार्यवाहक अध्यक्ष अमरबहादुर टेर संयोजकत्वमा संचालित अभियानले जिल्ला सभापती चतुबहादुर चन्द मार्फत पार्टी नेतृत्वलाई मागपत्र पठाएको हो ।

माग पत्रमा सनातन हिन्दु राष्ट्र स्थापना, सनातनी हिन्दु संघ स्थापना, प्रदेश संरचना खारेज लगायतका ३३ ओटा बुँदा समेटिएका कार्यबहाक अध्यक्ष टेरले बताउनुभयो ।
देशमा चरम बेरोजगारी, बढ्दो भ्रष्टाचारले समस्या निम्त्याएको बताउँदै टेरले ३३ बुँदे माग पूरा भएमा धेरै कुराको समाधान हुने जिकिर गरे । उक्त मागपत्रमा सुधारिएको लोकतन्त्र स्थापना, आरक्षण र भत्ता खारेज, सुन्दर गाउँ र गौ रक्षा, युवा नेतृत्व, स्वदेशी लगानी र स्वदेशी उत्पादन, पर्यटन व्यवसायलाई बढावा दिनुपर्ने लगायतका मागहरु राखिएका छन् ।
पार्टी र लोकतन्त्रलाई बलियो बनाउन आफूले ३३ बुँदे मागलाई अभियानको रुपमा सञ्चालन गरेको र यो अभियानले कांग्रेसलाई बलियो बनाउने नेविसंघ कार्यवाहक अध्यक्ष टेरले बताउनुभयो।










