बैतडी । २१ जेठ- बैतडीका किशोरीहरुले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा सहिद दशरचथन्दको शालिकमा माल्यार्पण गरेका छन् । दलित समाज विकास मञ्च र एकता र परिवर्तनका किशोरी समुहरुका किशोरीहरु, उनिहरुको अभिभावक तथा संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा सलिकमा माल्यार्पण गरेका हुन् ।

दिवसकै अवसरमा दलित समाज विकास मञ्चको आयोजनामा किशोरी, अभिभाव संग अन्तरक्रिया समेत गरिएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलनका बारेमा नयाँ तथा पुराना पुस्तालाई संगै राखेर जानकारी दिनुका साथै यसबारेमा जागरण फैलाउने उद्देश्यले अन्तरक्रिया गरिएको बाल विबाह अन्त्यका लागि छिटाे मिलन कार्यक्रमका कार्यक्रम संयाेजक सुरेश सेरलाले बताउनुभयो ।

कार्यक्रममा उपस्थित किशोरीहरुले आफुहरुले अझै सम्म पनि जातीय भेदभावको सामना गर्नु परिरहेको बताएका थिए । समाजमा अझै सम्म पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जातीय विभेदका घटना विद्यमान रहेको भन्दै यसको अन्त्यका लागि ठोस कदम चाल्नुपर्ने किशोरीहरूकाे भनाई छ ।











