बैतडी- इण्डो नेपाल अन्तर्राष्ट्रिय मेला तथा लोक संस्किृति महोत्सव २०८२ को समापन समारोहका लागि बैतडीको दरशथचन्द नगरपालिका- २ देहिमाण्डौँ पुगेकी भारतको पिथौरागढ जिल्ला पञ्चायत अध्यक्ष दिपीका बोहराले इण्डो नेपाल अन्तर्राष्ट्रिय व्यापारिक मेला एवं लोक संस्किृति महोत्सवले दुई देशको संस्किृति आदानप्रदानमा महत्वपुर्ण भुमिका खेल्ने बताएकी छिन् । समापन समारोहकी प्रमुख अतिथि समेत रहेकी बोहराले मेलाले दुई देशको सिमा क्षेत्रमा उत्पादित स्थानीय वस्तुहरुको व्यापार एवं सम्बन्धिमा पनि सकारात्मक प्रभाव पर्ने उहाँको भनाई थियो ।
जिल्ला पञ्चायत अध्यक्ष बोहरा सहित व्यापार मण्डलका अध्यक्ष र अन्य प्रतिनिधिमण्डलको टोलि हिजो मेलाको समापन समारोहका लागि बैतडीको देहिमाण्डौँ पुगेका थिए । जेठ २२ गतेदेखि सुरु भएको इण्डो नेपाल अन्तर्राष्ट्रिय मेला तथा लोक संस्किृति महोत्सवको जेठ २६ गते समापन भएको छ ।
पिथौरागढीकी जिल्ला पञ्चायत अध्यक्ष बोहराले के भने भिडियो मा हेर्नुहोस









