बैतडी : सहयोगी र मनकारीहरुको सहयोगमा जिल्लाको पाटन नगरपालिका ४ जेउडेका अनाथ नबिन लावडको घर निर्माणको काम सुरु भएको छ । चार वर्ष अगाडी नविनका बुबा र आमाको मृत्यु भएपछि एक बहिनी सहित नबिन अनाथ भएका थिए ।
आर्थिक अवस्था कम्जोर भएका कारण आमा र बुबाको उपचार गर्न नस्कदा आमा बुबा गुमाउनु परेका नबिन लाई जिर्ण भएको घर पनि गत वर्षको बर्षात ले भत्कीदा पिडामाथि पिडा थप भएको थियो । अहिले बहिनी सहित नबिन ठुलाबुबाको गोठमा बसीरहेका छन् ।

ठुलाबुबाको पनि आफ्नै घरका मान्छे बस्ने ठाउँ छैन त्यसैमा भतिजाभतिजी पनि थपिएपछि झन समस्या भएको नबिनका ठुला बुबा हरीजित लावडले बताउनु भयो । ‘के गर्ने हजुर भाईबुहारी छोडेर गए जेनतेन त्यसै घरमा बसेका थिए गत वर्षको बर्षातले घर भत्काईदियो । मेरो घरमा पनि बस्ने ठाउँ छैन नबस्न दिए का जाने हुन यिनीहरु त्यसै दुख गरि बसेका छन्’ उनले भने ।
नबिनका बुबा आमाको मृत्यु भएपछि जगन्नाथ बहुमुखी क्याम्पसका उप – प्रध्यापक मान वहादुर चन्दले अगुवाई गर्दै यि दुई भाइबहिनी लाई विभिन्न ठाउँबाट सहयोग गराई रहेका छन् । पढ्नको लागि काठमान्डौँ बस्ने समाजसेवी सहदेव सापकोटाले नियमित छात्रवृती उपलव्ध गराइरहेका छन् ।
यस्तै उप-प्रध्यापक चन्दनै संचालक रहेको भुमेस्वर मायाघरले पनि खाद्यान, लत्ताकपडा र स्टेसनरी उपलव्ध गराइ रहेको छ । भत्कीएको नबिनको घर निर्मााण गर्न पनि उप- प्रध्यापक चन्दकै नेतृत्वमा आर्थिक संकलन भइरहेको छ ।
देसविदेस बाट मनकारी व्यक्तिहरुले गरेको आर्थिक सहयोगले नविनको दुई कोठे भान्छा र सौचालय सहितको घर निर्माण गरिने छ । घर निर्माण गर्न दश लाख बढि खर्च हुने हुँदा अगामी दिनमा पनि मनकारी समाजसेवी सबैलाई घर निर्माणमा सहयोग गरिदिन हुन उप – प्रध्यापक चन्दले आग्रह गरेका छन् ।
अनाथ नबिन कक्षा दश र बहिनी कक्षा सातमा पढिरहेका छन । हामीहरुको पिडा भगवानले नसुने पनि हाम्रो लागि यिनै चन्द सर र सहयोगी सबै भगवान बनेका छन् रुन्चे स्वरमा नबिनले भने । ‘अगामी दिनमा पनि घर निर्माणमा सबै भगवान रुपी मनकारी सहयोग गरिदिने छन् भन्ने पूर्ण विश्वासमा छु’ उनले भने ।

पाटन नगरपालिका नगर प्रमुख गौरी सिह रावल र वडा अध्यक्ष दिपक विष्ट, पुर्व जिल्ला समुनय प्रमुख सिद्धराज भट्टले घर निर्माण सुरुको सिलन्यास गरेको उप – प्रध्यापक चन्दले बताउनु भयो । ‘उदघाटन पछि नगर प्रमुख ज्युले नगरपालिकाबाट हुने सहयोग गर्ने प्रतिवद्धता, र पहिले पनि व्यक्तिगत सहयोग गरेका वडा नं। ४ का अध्यक्ष विष्टले घर निर्माणमा पनि आवस्यक सहयोग गर्ने भनेका छन् उनले भने’।










