बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका पशुसेवा शाखाले नगरपालिका भित्रका पशुपालन कृषकहरुलाई आत्मनिर्भर र व्यवसायिक बन्नको लागि तालिम दिन सुरु गरेको छ ।
नगरपालिकाको पशुसेवा शाखाले चालु आर्थिक वर्षको बजेटबाट नगरपालिका भित्रका गरिव, विपन्न र एकल महिला, लक्षित वर्गलार्ई तिन दिने व्यवसायिक पशुपालन सम्वन्धि तालिम दिन शुरु गरेको नगरपालिका पशु सेवाशाखा प्रमुख एवम कृषि अधिकृत दिपक कार्कीले बताउनु भयो ।
उदघाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख कौसिला चन्दले नगरपालिकाबाट प्रत्यक वर्ष महिला र लक्षित वर्गहरुलाई आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनु भयो । ‘सबै कृषक दाजुभाई दिदीवहिनीहरुले पशुपालन गर्दै आइरहेका भएपनि त्यसलाई व्यवसायिक नबनाउन सक्दा आर्थिक प्रगती नभएको हुँदा तालिम दिइरहेका छौँ । यसबाट व्यवसायिक वन्नेमा पुर्ण अशावादि छौँ’ उपप्रमुख चन्दले भने ।
तिनदिने तालिममा कुखुरापालन, गाई भैसी र बाखा्रपालन सम्बन्धि तालिम दिइने हुँदा तालिममा सिकेका कुरा व्यवहारमा लागु गरि आत्मनिर्भर बन्न नगर प्रमुख पुस्कर राज जोशीले तालिमका सहभागी हरुलाई आग्रह गर्नु भयो ।










