योजना अनुगमनसंगै ग्रामिण क्षेत्रकाे समस्या बुझ्न गाउँ-वस्तीमा उपप्रमुख चन्द

०८२ असार ४ गते । बैतडी- अहिले बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्द नेतृत्वको टोलि योजना अनुगमनसंंगै जनताका समस्या बुझ्ना गाउँ दौडाह छ । चालु आर्थिक वर्षमा सम्पन्न योजनाहरुको अनुगमनका साथै आगामी आर्थिक वर्षका लागि सुझाव संकलन गर्ने काम समेत टोलिले गरिरहेको हो ।

निर्माणाधीन तथा निर्माणको क्रममा रहेका योजनाहरुको गुणस्तर तथा भावि योजनाहरुको सुझाव समेत अनुगमनका क्रममा संकलगन गर्न लागिएको दशरथचन्द नगरपालिकाका योजना शाखा प्रमुख राजेश खत्रीले बतउनुभयो । उहाँले भन्नुभयो, ‘उपप्रमुख ज्यू नेतृत्वको टोलि योजनाको गुणस्तरका साथै आगामी दिनमा ग्रामिण क्षेत्रको प्राथमिकताका बारेमा समेत सुझाव संकलन गरिरहेको छ । जसलाई केही दिनमै हुन लागेको गाउँसभामा समेत राख्न सजिलो हुन्छ ।’

अनुगमनका क्रममा दशरथचन्द नगरपालिकाका ११ वटै वडा धुम्ने अभियानमा रहेको चन्द सहित प्राविधिक तथा जनप्रतिनिधिहरुको टोलिले विषेश गरी ग्रामिण क्षेत्रको आवश्यकता र चालु योजनाहरुको गुणस्तर एवं प्रभावकारीताका बारेमा अनुगमन गरिरहेको छ ।

ग्रामिण क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको उपप्रमुख कौशीला चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाका ११ वटै वटामा पुगर त्यहाँको वास्तविक समस्या समेत बुझ्ने काम भइरहेको छ । जसले आगामी वर्षको बजेट निर्माणमा समेत सहयोग पुग्ने छ ।’

प्रतिक्रिया छाेड्नुहाेस्