सिप विकास तथा प्रविधि हस्तान्त्रण तालिम सम्पन्न

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाले युवाहरुलाई सिप विकास तथा प्रविधि हस्तान्त्रण तालिम सम्पन्न गरेको छ । तालिम पश्चात तालिमका सहभागीहरुलाई बाँसजन्य वस्तुबाट सामान निर्माण गर्नको लागि औजार हस्तान्तरण गरिने नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीले बताउनुभयो ।

५२ दिने तालिममा स्थानीयस्तरमा पाइने बाँसबाट घरमा प्रयोग हुने विभिन्न आकर्षक सामग्री निर्माण सम्बन्धि तालिम दिइएको थियो । तालिममा नांग्लो, मुडा, कलमदानी, रयाक,फलफूलदानी, विभिन्न प्रकारका ह्यांगर लाई कसरी बाँसबाट सहजै वस्तु निर्माण गर्न सकन्छि भनी तालिम दिइको थियो ।

पुर्खादेखि गदै आएको निङलाबाट डोका, सुप्पा र छाप्रा बनाउँदै आएका वडा नं. २ देहिमाण्डौ लावडटोलबासीले यो तालिमबाट बासबाट विभिन्न वस्तु निर्माण गरिने सिप सिकेका छन् । यो तालिम आफुहरुको लागि एकदमै प्रभावकारी रहेको र यस्ले अगामीदिनमा अफुहरुलाई व्यवसायी बन्नमा सहयोग पुग्ने तालिमका सहभागी उद्धव लावडले बताउनु भयो ।

तालिम समापन कार्यक्रमा वोल्दै नगरपालिका समाजिक शाखा प्रमुख विनोद चन्दले लक्षित वर्गमा दिइएको यो स्थानीयस्तरमै पाइने बाँसबाट विभिन्न वस्तु निर्माण गरिने तालिम एकदम प्रभावकारी रहेको बताउनु भयो ।

सहजैरुपमा पाइने बाँसबाट बजारको माग अनुसारका घरयासी समान निर्माण गर्ने तालिम पश्चात सबैले आफ्नो शिपको प्रयोग गरी आत्मनिर्भर बन्न नगर उपप्रमुख कौसिला चन्दले तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । ‘अगामीदिनमा पनि आत्मनिर्भर वन्नको लागि प्रविधिमा नगरपालिकाबाट सहयोग गरिने छ ।’ उनले भने ।

बजारीकरणको लागि नगरपालिकाले आवस्यक पहल गर्नुपर्ने हुँदा यो विषयमा छलफल गरिने नगरपालिका प्रवक्ता एवम वडा नं. ३ का अध्यक्ष अजव पाण्डेले बताउनु भयो । बाँस र निङगलाको खेतीलाई विस्तार गरी यसबाट वन्ने सामानको प्रवद्धन गर्न वाडाबाट पनि आवस्यक सहयोग गरिने वडा नं. २ का अध्यक्ष सुर्य वोहराले बताए ।

बजारीकरणको लागि नगरपालिकाबाट नितिनिर्माण गरि स्थानियस्तरमा निर्माण गरिने यस्ता बस्तुको प्रवद्धन गरिने र अगामीदिनमा पनि नगरपालिकाबाट यस्ता आय आर्जनमुखी तालिमको आयोजना गरिने नगर प्रमुख पुस्कर राज जोशीले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्