पञ्चेश्वरको ५ र ६ वडामा सिप विकास तालिम सम्पन्न

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ र ६ नम्बर वडामा सिपविकास तालिम सम्पन्न गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रको आर्थिक सहयोगमा तालिम सम्पन्न गरिएको हो ।

दुईटै वडाका २८ जनालाई बाँसजन्य वस्तुबाट विभिन्न घरेलु समान निर्माण संगै सिलाई कटाई तालिम दिईएको को वडाअध्यक्ष राम सिह पुजराले बताउनु भयो ।

१३ जनालाई सिलाई कटाई र १५ जनालाई बाँसजन्य वस्तुबाट समान निर्माण सम्बन्धि तालिम दिइएको हो । तालिम संगै सिलाई कटाईको लागि सिलाई मेसिन पनि वितरण गरिएको वडाअध्यक्ष पुजराले बताए । तालिमका सहभागीहरुले यस्तो आत्मनिर्भर हुने तालिमबाट आफुहरु आत्मनिर्भर संगै आर्थिक अवस्थामा सुधार हुने बताएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्