न्यायिक समितिको बारेमा बुझाउन जरुरी : उपप्रमुख चन्द

बैतडी : स्थानीयतहमा न्यायिक समिति हुन्छ र आफु हिंशामा परेपछि न्यायिक समितिमा उजुरी दिनु पर्छ भन्ने बारे अहिले सम्म पनि दुरदारजका महिलाहरुलाई थाहाँ नहुँदा उजुरीको लागि प्रहरीमा जाने गर्दछन् ।

दुरदराज र ग्रामिण क्षेत्रका महिलाहरुलाई न्यायिक समतिबारे थाहा नभएको हुँदा प्रत्येक महिलाहरुलाई स्थानीयतहको न्यायिक समिति बारे बुझाउनु जरुरी रहेको दशरथचन्द नगरपालिका उपप्रमुख कौसिला चन्दले बताउनु भयो । ‘आफु न्यायिक समिति संयोजक भएको पनि तिन वर्ष भइसक्यो, अझै पनि गाउँघरमा गएर महिला दिदीवहिनीलाई न्यायिक समितिबारे सोध्दा जानकारी नभएको बताउने गर्दछन’ उनले भने ।

महिला संजालका पदाधिकारीहरुलाई महिला अधिकार सम्वन्धि दुईदिने प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा वोल्दै उपप्रमुख चन्दले न्यायिक समितिबारे सबै महिलाहरुलाई बुझाउनु जरुरी रहेको बताउनु भयो ।

आफु निर्वाचित भइसकेपछि न्यायिक समितिमा एक जनालाई परामर्शदाता को नियुक्ती गरेको र न्यायिक समितिको बारेमा जानकारी गराउनुको लागि नगरपालिकाका हरेक कार्यक्रममा परामर्शदतालाई पठाउने गरेका छौँ उनले भने ।

महिला शाखाका कार्यक्रममात्र नभएर नगरपालिकाबाट संचालन हुने हरेक कार्यक्रमलाई पारदर्शी ढंगबाट संचालन गरिनुपर्छ भन्ने कुरा उठाउदै आएको समेत उनले बताए । कार्यक्रम प्रत्येक वडा टोलमा संचालन गरिनुपर्छ भनेर आफुले सघंर्ष समेत गरेको र अहिले कार्यक्रम त्यसै अनुसार संचालन भएका उपप्रमुख चन्दले बताए ।

महिला अधिकार सम्वन्धि दुईदिने प्रशिक्षण कार्यक्रममा महिलाहरुका हकअधिकार, न्यायिक समति र कानुन सम्बन्धि प्रशिक्षण दिइएको दशरथचन्द नगरपालिका महिलाशाखा प्रमुख लिला कुवरले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्