बैतडी : नेपाल निजामती कर्मचारी संगठन दोगडाकेदारको बैठक सम्पन्न भएको छ । बैठकबाट दोगडाकेदार गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ को नीति कार्यक्रम र बजेटमा गाउँपालिका अन्तर्गतका कर्मचारीहरुका पेसागत हकहित र संस्थागत बिकासका लागि सुझाव संकलन गरि दोगडाकेदार गाउँपालिका सरकारलाई सुझाव पेस गर्ने निर्णय गरिएकोे छ ।
नेपाल निजामती कर्मचारी संगठन सम्बद्ध कर्मचारीहरुको भेलाबाट हकहितको लागि सुझाव संंकलन गरि पेस गर्ने निर्णय गरिएको छ । बैठक दोगडाकेदार निजामती कर्मचारी संगठनका अध्यक्ष नरेन्द्र नाथको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीको प्रमुख आथित्य र नेपाल निजामती कर्मचारी संगठन बैतडीका अध्यक्ष पदम बहादुर कार्कीको विशिष्ठ आथित्यमा सम्पन्न भएको थियो ।
निजामती कर्मचारीहरुको हकहित संरक्षण र सम्वद्धन गर्न उठाएका मागहरुलाई यथासिघ्र स्थानीय सरकारले पुरागर्नुका साथै निती, कार्यक्रम र बजेटमा समावेस गर्नुपर्ने निजामती कर्मचारी संगठन बैतडीका अध्यक्ष पदम बहादुर कार्कीले बताउनु भयो ।

गाउँपालिकाबाट सम्भव भएका मागलाई सम्बोदन गरी कर्मचारीहरुको मनोवल बढाउने काममा गाउँपालिका सरकार प्रतिवद्ध रहको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनु भयो । उनले भने ‘कर्मचारीको मनोवल बढे कर्मचारीले मुस्कान सहितको सेवाग्राहिलाई सेवा दिन सक्छन र गाउँपालिकाको कामकाजमा चुस्त दुरुस्त हुनेमा गाउँपालिका विस्वस्त रहेको छ, निजामती कर्मचारी संगठनको सुझावलाई कार्यान्यवन गर्नमा प्रयास गर्ने छौ’ ।
संगठनले पेस गरेका सुझावलाई नीती कार्यक्रम र बजेटबाट सम्वोदन गरिदिन निजामती कर्मचारी संगठन दोगडाकेदारका अध्यक्ष नाथले मौखिक आग्रह समेत गर्नुभयो ।











