बैतडी : गृहमन्त्री रमेश लेखक आज बैतडी आउने कार्यक्रम रहेको छ । मन्त्री लेखक बुधबार साँझ बैतडी पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले सूचना मार्फत बताएका छन् ।
बैतडीमा रहँदा उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको एक सूचनामा उल्लेख गरिएको छ ।
मन्त्री लेखकको सहभागितामा आज साँझ ५ बजे पाटनमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको सभापति चन्दले बताए ।
यस्तै मन्त्री लेखकको सहभागितामा बिहीबार बिहान ८ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।











