हनी ट्रयापमा पारेर १४ लाख असुल्ने एक महिला पक्राउ

काठमाडौं– हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी असुलेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द छिन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।

चन्दले एक युकलाई २०८१ को भदौमा सुर्खेतकै बुलबुले होटलमा बोलाई सम्बन्ध राखेको र त्यसैलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोप छ ।

बलात्कार मुद्दामा फसाउन भन्दै उनले पीडित युवकबाट १४ लाख २५ हजार रुपैयाँ असुलेको आरोप छ ।

उनीमाथि आपराधिक एक्सटर्सनको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्